एक चोटि

कवि
कवि

सबिन शर्मा
ओहायो, अमेरिका

 

एक चोटि अफुलाई
टाढा राखेर हेर्नू छ जीवन देखि
एक चोटि छुट्याएर हेर्नू छ
भोगाइलाई यो मन देखि ।

सधैँ सँगै भएरै यो छाया मैलिएको हो
सधैँ संंगै भएरै यो छाया कालो भएको हो
एक चोटि आफूलाई नै अब कतै छोड्नु छ।

एक चोटि भरिनु छ पोखिएर,
एक चोटि रित्तिनु छ ।

एक चोटि लड्नु छ ठोकिएर,
एक चोटि दुख्नु छ ।

एक चोटि चढ्नु छ झरेर,
एक चोटि उत्रिनु छ ।

मलाई महत्त्वको महसुस हुनु छ
मलाई भिन्नताको बोध हुनु छ
मलाई हुनु र नहुनु दुवै आवश्यक छ ।
यो घुमेर घुमेर गोलो देखिएको बस्तुलाई
ठप्प… रोकेर हेर्नू छ
आकार हेर्नू छ, रङ् हेर्नू छ
एक चोटि उत्रिनु छ
एक चोटि आफूलाई नै अब कतै छोड्नु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *