एक पाण्डव–यात्रा

शिवलाल दाहाल

यो विषाक्त समय
सगर डडएको आकाश
खडेरीले निलेको धर्ती
काकाकुलहरु गाइरहेछन्–गीत
अनास्थाहरुको
अभावहरुको
अविश्वासहरुको
खै के लेखौं म यतिखेर
आफैंसंग क्रुद छु
आफैँसँग क्षुव्ध छु
हो, अचेल म
अग्निपरीक्षामा छु

अचेल मलाई –
घामले किच्न थालेको छ
अन्योलले थिच्न थालेको छ
जूनले पनि डाम्न थालेको छ
खुनले पनि पिरोल्न थालेको छ
कुनै दिन आगो खानु पर्ला
खान तयार छु
कुनै दिन जहर निल्नु पर्ला
निल्न तयार छु
तर
मेरो ढाड कुल्चदै
मेरो अस्तित्व निमोठ्दै
हिँड्ने जल्लादहरु हो
मत्युको अन्तिम क्षणसम्म पनि
तिमीहरु विरुद्ध
धावा बोलिरहनेछु

ए जज्लादहरु हो !
तिमीलाई थाहा छ ?
म हिँडिरहेछु
म हिँडिरहने छु
निरन्तर यो
न्यायप्राप्तिको एक पाण्डव–यात्रा

१० फेव्रुवारी,२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *