एकता (छन्द -स्वागता )
हरिप्रसाद फुयाल
पेन्सीलभेनीया
जन्म भूमि जननी सम ठानी राष्ट्र दिव्य भव उज्वल मानी
स्वर्गलोक पनि छैन समान
देश वासी सबले गरूँ मान ।।१ II
विश्वको शिखर रम्छ मजाले
सूर्यको किरण चुम्छ जहीले
फूल छन् अधिक मग्मग ऐले
शान्त पार्छ सबको मन जैले ।।२ II
जात जाति सब एक भएर
राष्ट्र उन्नति गरौंन गएर
लेक बेंसि र तराइ सजाऔं
राष्ट्र उन्नति तिरै मनलाऔं ।।३ II
प्राणि हुन् खुसि सधैंभरखाली
हृष्ट पुष्ट तनका बलशाली
क्षोभले रहित जीवन पाई
गर्नु उन्नति सदा मनलाई ।।४ II
धैर्य शान्त मन भित्र पलाउन्
शैलका सरह भाव सजाउन्
राष्ट्र उज्वल बनोस् अब झट्ट
प्राण झैं प्रिय बनोस् अब राष्ट्र ।।५ II