औँसी घाम र प्रशान्त

पुरानाघरे

चुक पोखिए झैँ अध्यारोमा
चुनौतीका बाटाहरुमा सम्भावनाहरू ओछ्याएर
पाइलाहरुसँगै साधना र अभ्यासहरु उचालेर
अगाडि आँखा सामुन्ने
औँसीका शीतयुक्त कालारात्रिहरुमा
झलझलाकार पूर्णीमा देखेरै
साँझपख उभिन्छन् पहाडसँगै प्रतिभाहरु
उदाउँछन् सूर्य बनेर औँसीलाई
मध्य औँसीमा उभिन्छन् सूर्य बनेर
जसरी तिमी उभियौ
तिमी त्यहाँसम्म उभिनु थियो, उभियौ
तिमी उभिए पछि देश उभियो
तिमीसँगै विश्वको नेपालीत्व उभियो
तिमीसँगै थियो दार्जेलिङ्गको चौरस्ता
तिमीसँगै सगरमाथा हाँसिरहेको थियो
लोपग्रस्त वर्तमान पूर्वतिर
तिम्रा पाइलाहरू ट्वाल्ल हेरिरहेको थियो
अड्कलबाजी, चुनौती र सम्भावनाहरू चिर्दै
तिमी उभिनुसम्म उभियौ
कहिल्यै नढल्ने गरी उभियौ
टिष्टाको समाधिबाट उठेका वादलहरुसँगै
उचालिएर तिमी नाइटिंगलसम्म पुग्यौ
तिमी यतिसम्म उचालियौ कि
मनहरुदेखि मनहरुसम्म
कुहिरोदेखि घामसम्म
सम्भावनादेखि सफलतासम्म
तिम्रा अघाडिपछाडि अनगिन्ती शिशिफस्हरु
सफलता अचेटेर ढुंगो घचेटिरहे पहाडसँगै
तिम्रो उचाइ नगिचै बकुल्लाका आँखाहरु
संकीर्णताका झ्यालहरुबाट
अस्तित्व हेरिरहेका थिए नै

प्रतिस्पर्दाको दुनियाँमा तिमी
सतहदेखि धेरै–धेरै तलसम्म
उचाइदेखि कति हो कति माथिसम्म
अनन्ततादेखि अनन्त–अनन्त हरायौ
यति हरायौ कि दुनियाँमा
जब भेटिदा कलाको फूलदानीमा
कहिल्यै नहराउने गरी हरायौ
तिमी पहाड भन्दा माथि
उचलिएर पो उभियौ
मध्यान्नको साँगीतिक घाम तिमी
जसले दार्जेलिङ्गको आकाशमा
कहिल्यै बादल लाग्न दिने छैन
तिमी बाँसको तामा हौ
जसले सफलताको चुचुरोबाट
नुहिएर कहिल्यै पृथ्वी हेर्दैन

सिङ्गो देश भारतका खातिर
विश्वका नेपालीहरूका खातिर
सम्पूर्ण कलाकार जगतका खातिर
तिमी र तिम्रो अस्तित्वका खातिर
तिम्रो जित सदासदाका लागि हो
दार्जेलिङ्गको उचाइका लागि हो
जातिया स्वभिमानका लागि हो
सिङ्गो भारतको प्रतिष्ठाका लागि हो
पूर्ण परिपक्व कलाकारिताका लागि
जित बनेर उभिन सक्यौ
तिमी धन्य छौ, तिमी धन्य हौ
एक्लै भोकाउँथ्यौ विगतबाट वर्तमानसम्म
रित्तिन्थ्यौ एक्लै–एक्लै अतीतसँगै
तिमीलाई बाटोले चिनेन
जातिले चिनेन, माटोले चिनेन
साँच्चै कसैले पनि चिनेन तिमीलाई
परिवारभित्रै हराएर कतै
पहिचान खोज्दै एक्लै–एक्लै
सोनीसँगै घना जङ्गल छिचोलेर
जब तिमी भरिएर–अघाएर उभियौ
परिवेश जसले चिनेन, सँगै उभियो
जाति जो शिरमा तिमी हौ, सँगै उभियो
औँसीका अध्यारा कन्पाराहरुमा
घामको उज्यालो वर्षाएर
गोर्खाली हुनुको सार्थकता
अगाडि पाइलाहरु हराएपछि
सफलताको समाधि टेकेर प्रतिभाले
तिमी प्रशान्त जत्तिकै शान्त उभियौ
तिमी धन्य छौ, धन्य हौ
मेरो देशको साझा अस्तित्वको बगैंचामा
एउटा पूर्ण साङ्गीतिक स्वर्ग छ
स्वर्णिमता ओछ्याएर गाधिमा
म तिमीलाई पर्खिरहेछु राजा ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *