काहिँलाको भाले
नैनसिङ मगर
न्यु योर्क, अमेरिका
पानी परोस् , घाम लागोस् , एक्लै होस् वा चारो नखावोस्
तर पनि काहिँलाको भाले बासेकै हुन्छ
जब तीनबजे बिहान भाले बास्छ,
अनि काहिँला उठ्छ अनि हातमुख धुन्छ,
दोस्रो चोटि बास्दा,
काहिँला खाजा बनाउन थाल्छ
तेस्रो चोटि बास्दा,
काहिँला आफ्नो कामतिर लाग्छ
साँझमा काहिँला घरमा आइपुग्छ,
भालेले देखेर बास्दैन तर कुर्कुर गर्छ
अनि काहिँला आफ्नो नित्यकर्म सकेर सुत्छ
सदा झैँ बिहान तीन बजे भाले बासेन,
काहिँला काममा जान पनि अबेर भयो
घामको किरण काहिँलाको आँखामा पर्यो,
अनि ब्युँझियो काहिँला
भाले खोज्न तिर लाग्यो तर भेटेन ।