केही रुबाई

लेखक
लेखक

देव भण्डारी
नर्थ क्यारोलाइना, अमेरिका

परदेशमा परदेशीको श्रम नराम्रो,
संसार नाजुक हुनुको क्रम नराम्रो,
रुखमै पैसा त जहाँ भए नि कहाँ फल्छ र ?
पारी बस्ने दाजु-भाइको भ्रम नराम्रो !!

  २

तिम्रो हातको रङ्गको मज्जा अरू कहाँ हुन्छ ?
स्वादै अर्को त्यसको हजुर जब मलाई छुन्छ,
छेउमै आई, मलाई छोडी मुकुन्देलाई रङ्गाउँछौ,
हर्सोउल्लास सबै बिर्सी मेरो मन रुन्छ !!

   ३

सम्झनाको कोशेलीमा माया बस्दो रैछ,
अतीत सम्झी सुन्सानमा आँसु खस्दो रैछ,
तिमी भित्र लाट्टिएको कोमल मनमा आज,
बिछोड त पीडा बनी त्यसै डस्दो रैछ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *