…को राष्ट्रिय खुशियाली मनाउँदैछौ
भक्त घिमिरे
अमेरिका
हो दाइ,
अस्तिकै दिनमात्र तिमी भन्दैथ्यौ निः
‘‘मेरो बस्तीमा गल्लिको कुकुर हाँस्छ’’
साँच्चै हो, मान्छे त तिम्रो बस्तीमा हास्नै सक्दैन,
त्यहाँ धोका छ, त्रासदी र अहंकार छ, भाइबन्धुमा त्यहाँ अविश्वास छ,
त्यहाँ आशंका र भ्रमहरूको ठूलो खेती छ, त्यहाँ मान्छे कसरी हाँस्ला र!
तिमी भन्दैथ्यौ निः
तिम्रो बस्तीमा गल्लिको कुकुर हाँस्छ,
मानवीय आस्थाहरूको हत्या गरेपछि
सिनोमा झुमिएका गल्लिका कुकुर हाँस्ने नै भए,
मान्छेहरू त किन हाँस्थे तिम्रो बस्तीमा,
तिमीले बन्दुकको नोक राखेर हास्न लगायौ शायद,
हामीलाई थाहा छैन र, अर्काको हाँसो किन्ने
दलाल सौदागर हौ तिमी,
‘९० मा किनेको त्रासदीको हाँसो सकिएछ क्यारे शायद,
र त फेरि हाँसोको खेती थाल्यौ,
तिमीलाई पनि मान्छे हाँसेको मनपर्छ र !
पाषाण युगको अधमरो विधि बोकेर तिमी हाँस्छौ
हामी नवयुगका पंखा उचालेर रमाउँछौं
यही कारण तिमी जनताका शत्रु भयौ,
उज्यालो खोज्ने प्रमिथसहरूको हत्या गरेर
अँध्यारोमै आज तिमी जीतको रौस मनाउँदै छौ,
तिम्रो मनको ‘युद्ध’ जितेको खुशीमा रासलिला गराउँदै छौ,
र त तिमी आज कुकुरहरूको ‘राष्ट्रिय खुशियाली’ मनाउदैछौ!
A good piece of poem, which speaks the reality prevailing inside Bhutan. I salute the composer for his energetic and creative thoughts. Yes, thinley’s statement as “even street dogs smile in Bhutan” is a funny statement. Hardly it will be accepted as truth. Keep up your energy to write such pieces in the days to come. Good luck, Bhakta ji.
Bhaktaji, again you have treated us with a nice and creative piece. You have candidly laid out the facts behind the banishment of smiles from people’s faces.
With the dogs already smiling in the street – May be the people will now be asked to wag their tails.