गजल-६४

 

यतीराज अजनबी / अष्ट्रेलिया

यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो
जित्ने निश्चय हुँदा  हुँदै पनि फेरि हारौं जस्तो

लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो
मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो

संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ
तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो

जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ
सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो

मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ
तिम्रो  छेउ उभिएर अघिपछि विचारौं जस्तो

 

Don't have a Facebook account? Please, use the form below with other options!