गजल-६६
क्षितिजको मित्र प्रकाश धमला
एडिलेड, अष्ट्रेलिया
तिम्रो तस्बीर सिरानीमा दिनहुँ हाली निदाउँछु
सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु
तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन्
आफू भने प्रत्येक सन्ध्या मुटु टाली निदाउँछु
पराई हुन बिर्से भन्यौ, टाढा हुन भुले भन्यौ
म भने तिम्रो नामको दियो बाली निदाउँछु
चिठी पत्र जलाइदेऊ, मेरो प्रेम खरानी भयो
तिम्रै निम्ति मेरो सारा जीवन फाली निदाउँछु