गजल-७२

देवराज लामिछाने ‘साईप्रेस’
नवलपरासी, नेपाल

लाखौँमा एक छिन्, प्रीत काली
हर धड्कनसँगै, मीत काली

सङ्गीत बनी,  गुन्जन्छु म
सुनमा सुगन्ध, गीत काली

जुन हुँ म, उदाउनु साँझमा
जूनेली रातकी, शीत काली

बसेकी छिन्, आँखैमा उनी
नबिज्ने कस्तो, हीत काली

प्रेममा हार, धेरै नै देखेँ
मेरो त साँच्चै जीत काली

हाल: एडिलेड, अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *