गजल-७५
आशा टुट्दा ग्रहणपछि एउटा जुन झर्ने भयो
बैंसालु त्यो कोपिलामै एउटा रहर मर्ने भयो
कोपिलामा गुलाब थियो, पलाँस बनी ओइलाएछ
नजाऊ तिमी भन्दा-भन्दै अन्तै डेरा सर्ने भयो
तिम्लाई के थाहा भाग्य उसको कत्ति धेरै निष्ठुरी छ
हरे राम- हरे कृष्ण जप्दै मुर्छा पर्ने भयो
जिउने रहर कत्रो थियो, मूलबाटो नै दोबाटो भो
बास छैन दुनियाँमा भवसागर तर्ने भयो
Very awesome . KEEP IT UP Bikash ji.
सुन्दर गजल सुन्दर भाव सुन्दर भावना / पर्गती को छहारा हरु अगाडी बढ्दै जादैछन/ पर्गती बादी जवस मेरो कामना /