गजल-१२९

शुवास श्रेष्ठ / दोहा, कतार

मध्य-राती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि
आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि।

दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध
रुँदा आज एक्लै भयौ के गर्यो त गूनले पनि।

कस्तो आयो जमाना यो रुँदा पनि संगीत बन्ने
तिम्रै भाका चोरेको छ बाँसुरीको धूनले पनि।

कति बेला रोकिनेछ मुटुको त्यो धड्कन तिम्रो
धून सुन्दै बस्यो भने नसा भित्र खूनले पनि।

सम्हाल है आफ्नो मन टुटे पनि वाचा कसम
लागे पछि कालो दाग जाँदैन त्यो चूनले पनि।

Don't have a Facebook account? Please, use the form below with other options!