गजल: ३०२

Sushil
गजलकार  

सुशील रेग्मी
अमेरिका 

ईश्वर बस्ने मन्दिर जलेको थ्यो भूटानमा
खरानी भई ग्रन्थहरु बलेको थ्यो भूटानमा,

नागरिकले पाउनु पर्ने अधिकार त्यो नपाएसी
प्रजातान्त्रिक आन्दोलन चलेको थ्यो भूटानमा,

आन्दोलनले मुर्त रुप लिएपछि सामन्तीले
बन्दुकको नालले जनता दलेको थ्यो भूटानमा,

भाषा,संस्कृति र पहिचान रक्षार्थ डट्या सपुत
शोषकको गोली खाई ढलेको थ्यो भूटानमा,

शोषणको चरमा सीमा नाघेपछि जनतामा
आन्दोलनको हुङ्का कठै गलेको थ्यो भूटानमा ।

Don't have a Facebook account? Please, use the form below with other options!