गजल-३६९

गजलकार
गजलकार

नैनसिङ्ग मगर
न्यूयोर्क, अमेरिका

बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ
छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ ।

लोग्ने जति जना  फेरे पनि तातो न छारो
आफ्नो परेजति  तोक्ने चलन गयो यहाँ ।

आफ्नी स्वास्नीलाई अर्कैले घुमाइरहँदा
रिसले जारलाई ठोक्ने  चलन गयो यहाँ ।

घरमा   छोराछोरीले  जोसुकै  ल्याओस्
खबरदार भनेर खोक्ने चलन  गयो यहाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *