गजल – ३७१
सुशील रेग्मी
ओहायो, अमेरिका
आफ्नै घर छेउछाउका बाटुली र वरदानहरू अझै
दिलको क़ुनामा बस्या छन् धने र बीरमानहरू अझै ।
एउटा मिठो स्मृतिको पल बनेर बसी सकेछन् मनमा
साथीहरू सँग लड़ाई गर्दा लागेका निशानहरू अझै ।
हाम्रा बाबा पुराना कुराहरू याद गर्दै भन्नु हुन्छ सधैँ
हेर्न मन छ सुन्तोला अनि अलैचिका बग़ानहरू अझै ।
पहिला कुखुरा या त अण्डा आयो यो धर्तीमा भनेर
भन्न सक्ने भेंट्नै सकींन कोही पनि बिद्वांनहरू अझै ।
‘सुशील’ थोरै पुरानो हिसाब गर्नु थ्यो भन्ने पनि छ
गाली गर्दै बाँक़ीमा पानचूरोट दिने दोकानहरू अझै ।