गजल – ४४२

विशु निछा
मेल्बर्न, अष्ट्रेलिया

तिमी आयौ जून लाग्यो रातको अँधेरीमा
नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा

चाहिएन महलको सुखशयल मलाई
तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा

तिम्रो मोहक मुस्कानले हरियाली छाउँछ
उजाड मेरो जिन्दगीको चैते खडेरीमा

हाम्रो चोखो प्रेमको मिठो गीत गुन्जिनेछ
खोला नाला झरना अनि पाखा पखेरीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *