गजल-१०९
तिलारुपा आचार्य
ओहायो, अमेरिका
छुट्यो माया बाटो बीचै फर्के हुन्छ
भेटे कतै नचिनेझैं तर्के हुन्छ
खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्यौ
प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ
खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ
लाग्छ मजा बेस्सरी नूनचुक छर्के हुन्छ
नदोहोरियोस् सप्ना सात जन्मसम्म निः
मेरो बारे सोधे कतै तिमी झर्के हुन्छ
ओ गजल त माल छ है. अलिक परयास वो भने गजलकार भन्नु पर्छ
लेखिका नाचिने पनि कमिट दिदैछु