गजल-१३५

सुरेश वाग्ले / बोस्टन, अमेरिका

तिमी साथ भएपछि, भगवान पनि चाहिँदैन
मेरो रात जग्मगाऊ, बिहान पनि चाहिँदैन

हाम्रो माया खुल्ला आकाश, चखेवाझैँ उड्ने गर्छ
कुनै नियम बन्धन अनि, विधान पनि चाहिँदैन

कैलेकाहिँ टाढा हुँदा, आँखा चिम्ली हेर मात्र
एकैछिनमा आइपुग्छु, बिमान पनि चाहिँदैन

हाम्रो माया नबुझ्ने ती, कलाविहीन मान्छेहरू
प्रेमी भनून्, पागल भनून्, सम्मान पनि चाहिँदैन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *