गजल-१३७

जितेन्द्र मल्ल / दुबइ, यूएई

सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने ।
साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने ।

लाखौं माझ मैंले आज, तिमी छाने आफ्नै माने,
छैन कर आउ वर, आफ्नो मलाई ठान्छ्यौ भने ।

जस्तो पर्ला उस्तै टर्ला, छोडी डर अघि सर,
आउने बाधा आधा आधा, सरोबरी धान्छ्यौ भने ।

हुन्न देख्या हुन्छ लेख्या, भन्ने भनुन् भन्दै गरुन्,
चढाइ डोली लान्छु भोली, भन यदी जान्छ्यौ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *