गजल-१९१
उमा गौतम
पेन्सिलभेनिया, अमेरिका
चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ
खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ
कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन
फूल ओइलेर झरेपछि, काँडालाई काटी छर्यो कहाँ
ध्वजा ध्वजा भएर जीवन, अनन्तसम्म बहंदै उडी
आखिर यो उजाड मरुभूमिमा, जिउँदो लास पर्यो कहाँ
बेहाल छन् टाकुरा बेहाल म, अखन्डित जीवन जिऊँ के गरी
विशाल धरतिमा कसरी भेटूँ , साँघुरो छाति मर्यो कहाँ
जीवनको यो स्वच्छ फाँटमा, चुँडेर त्यो खस्रो पातलाई
बनाई बन्धक आज दैवले, मेरो प्यारलाई हर्यो कहाँ
धेरै राम्रो छ. मन पर्यो