गजल: २००
दीपक थापा
अमेरिका
रुँदारुँदै घाँटी सुक्दा बोल्न गाह्रो भो
गुम्सिएका भित्री कुरा खोल्न गाह्रो
जानी जानी निष्ठुरी जालमा फसे पछी
फाटेको यो मनलाई फेरि टाल्न गाह्रो भो
रित्याउनलाई चोटहरु पिउँदैछु म तर
त्यही तस्वीर मनबाट फाल्न गाह्रो भो
घाइते भयो मनमुटु चोट लागे पछि
बल्झिएको घाउमा मलम हाल्न गाह्रो भो