गजल: २०९
शेरु उदास
जर्जिया, अमेरिका
कहाँ जीवन रहन्थ्यो र पानी नहुनु भने
झर्थेनन् आसु दु:खद कहानी नहुनु भने
यो मन रुने थिएन यी आसु बग्ने थिएनन्
उतिबेला हाम्रो चिनाजानी नहुनु भने
तिमी मसंगै हुन्थ्यौँ आजसंगै हाँस्थ्यौँ-रुन्थ्यौँ
मभन्दा बढी ऊ भाग्यमानी नहुनु भने
आफ्ना सबै खुसी हुन्थे मेरो कुरा सुन्दथे
रात-दिनै मातिहिँड्ने बानी नहुनु भने
चिन्ने थिएनन् कसैले कहाँ बन्थेँ गजलकार
आज प्रेरणा दिने “दिवानी” नहुनु भने