गजल २५१

पदम आधिकारी ‘हिमशिखर’
बाल्टिमोर, अमेरिका Padam

छाती माझ टाँसी हेरेँ तस्वीर तिम्रै हो
मुस्कुराउँदै हाँसी हेरेँ तस्वीर तिम्रै हो,

नचिने झैँ गर्यौ, बिर्सिएर हो कि भनेँ
नाम जुराई राशी हेरेँ तस्वीर तिम्रै हो,

मेरो मन तिमीतिरै बसाईँ सरेपछि
प्रित साईनो गाँसी हेरेँ तस्वीर तिम्रै हो,

मनका कुरा आँखाले नि बोल्दा रै’छन्
मुहारको उदासी हेरेँ तस्वीर तिम्रै हो !

Don't have a Facebook account? Please, use the form below with other options!