गजल-२६०

गजलकार
गजलकार

झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया

आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला
गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।।

कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी
पल्ला घरे ‘बिर्खे’ पनि खांडीबाट आउँदै होला ।।

नयाँ नाना सबैले लाए, चिचि माम सबैले खाए
मेरो सानो ‘च्यान्टे’ पनि आमा बालाई दाउँदै होला ।।

लिंगे पिङ हुइकिँदो हो, लोक भाका थर्किदो हो,
त्यो घुम्तिमा गाइने दाइले मीठो धुनमा गाउँदै होला ।

रंग्यो होला गाउँ बस्ती झिलिमिली वरिपारि
साथीसंगी गाउँ घरमा देउसे भैलो भट्याउँदै होला ।।

Don't have a Facebook account? Please, use the form below with other options!