गजल: २९६
देविभक्त भट्टराई
अमेरिका
जन्मेको थाहा पाइन तर पाँच वर्ष पो पुगेछौ
पाँच वर्षमै तिमीले साहित्यिक शिखर चुमेछौ ।
कति आरोह अवरोह आए होलान् यात्रामा
तर निरन्तर सफलताको बाटोमा हिँडिरहेछौ ।
नेपाली, भूटानी, भारतिय साहित्यिकारहरुलाई
एउटै संरचनाको साहित्यिक मालामा उनेछौ ।
सफलता नै सफलताको हार परोस् तिम्रो गलामा
अनि हरेक व्यक्तिको आवाजको कणमा हुनेछौ ।
शुभकामना यहि छ पाँचौ वर्षको तिमीलाई
सबैको मन मस्तिष्कमा बस्दैबस्दै आकाश छुनेछौ ।