गजल-३४५
ईश्वर प्रवासी
युटा, अमेरिका
दियो जलाएँ थिए तिम्रो नाउँमा
तर छुन दिएनौँ तिम्रो पाउमा ।
तिमी त्यहाँबाट बसाइँ सरेदेखि
कसम, गएको छैन तिम्रो गाउँमा ।
आफ्नै लागि सधैँ जीएको थिएँ म
आज राख्नु पर्यो जीवन तिम्रो दाउमा ।
महँगो ठान्थेँ म आफ्नै मायालाई…
किन बेच्नु पर्यो आज सस्तो भाउमा ?
चिन्नेहरुले आज दुनियाँ चिनिसके
म भने अपिरिचित छु आफ्नै ठाउँमा ।।