गजल – ३७४

गजलकार
गजलका

नैनासिङ्ग मगर
न्यूयोर्क, अमेरिका

 

अजम्बरी  चोला  कसको छ र ?
जुठो  नपरेको  घर  कसको छ र ?

सुखको   सपना  सबैले  देख्छन्
चोट बिनाको शरीर कसको छ र?

दु:ख   सुख    सबैले   भोग्छन्
रहर बिनाको  मन  कसको  छ र ?

दिन रात यहाँ सबैले काम गर्छन्
खोला बगाउने धन कसको छ र ?

घाम पानी बिना जीवित वस्तुहरू
आज यो सन्सारमा  कसको छ र ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *