गजल – ३९४

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

यता छोराका पाइला सफल भए
उता घरमा खेत बारी जङ्गल भए।

चाहना खोज्दै  छोरो  टाढा गए देखि
आमाको चिहान छोराको महल भए।

बाबा पर्खिरहे छोरो  कहिल्यै  फर्केन
याद मात्र आँखामा आँसु ढलपल भए।

श्रीमती बाटो हेर्छिन् सम्हाल्दै  आफूलाई
सिरानीका रहर सम्झनामा अविरल भए।

बालबच्चा  मिठाई  पर्खिरहेछन्  अझैपनि
के थाह बिचरालाई सपना सबै घायल भए ।

Don't have a Facebook account? Please, use the form below with other options!