गजल – ४६६
ईश्वर प्रवासी
युटा, अमेरिका
समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ
हेर्न चाहेँ त्यो सुन्दर बस्ती ,तर ठुला पहाडले छेलिएँ ।
भावना एकातिर तर परिस्थिति, अर्कै तिर मोडिएछ
आफ्नै भाग्यबाट आफैँ, कहिल्यै नउठ्ने गरी पेलिएँ ।
पराई भूमिमा आफ्नो कोही, नहुँदा रहेछन् कठै भन्नेहरू
आँसु र पसिना पिउँदै , दुखलाई नै साथी बनाई झेलिएँ ।
गन्तव्य नभेटी हराइरहेछु , अझ पुग्नु छ कुन परिवेशमा
पर्खाइमा भोलि छाउने रोशनीको, अन्धकारमा खेलिएँ ।
समयको हुरीले आज म , सात समुन्द्र पारि ठेलिएँ
हेर्न चाहेँ त्यो सुन्दर बस्ती, तर ठुला पहाडले छेलिएँ ।।