गजल-४७५

अनन्त आचार्य
एडिलेड, अष्ट्रेलिया

म रोएँ खाली सधैँ रोएँ ।
पिर छ गाली सधैँ रोएँ ॥

गहभित्र   सागर  बग्छ ।
देश नै फाली सधैँ रोएँ ॥

चिरिन्छ छाती सम्झेँ देश ।
त्रास  नै  पाली  सधैँ  रोएँ ॥

सपनामा देश नै देख्छु ।
हे! खेद हाली सधैँ रोएँ ॥

जीवन डुब्यो वेदनामा ।
सम्झेर जाली सधैँ रोएँ ॥

Don't have a Facebook account? Please, use the form below with other options!