गजल- ४७६
डिल्लु चम्लागाई
ओहायो, अमेरिका
जिन्दगी मुग्लानी, सपना खिया भइदियो
भएको एउटा दिल पनि अधियाँ भइदियो ।
सोच्नु पर्थ्यो आउनेलाई प्रेम उधारो दिन
चोकै बेचिएछ मन छिया-छिया भइदियो ।
गरिब सम्झेर यो मनलाई जसले चिनेन
यस्तै मनहरू आज कसैको दुनियाँ भइदियो ।
आमा, छोरो जन्मिँदा खुसी थिइन गाउँमा
बिर्सियो गाउँ जब छोरो शहरिया भइदियो ।
छिमेकीले टोलमा भट्टी पसल खोल्यो रे
जब ऊ जस्तै मन फाट्ने जँडिया भइदियो ।