गजल – ४९१

धना ज्योति, अस्ट्रेलिया

दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ
झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ  ।
यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला
देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ  ।
भन्थेऊॅ तिमीलाई सुहाउँछ नेपाली भेष भुसाले

आजकल साडी-पोते लाउँदा तिम्रो याद आउँछ  ।

तिमी गयौ धुवा बनी,खरानी छ मेरो साथमा

तिम्रै यादको पर्व मनाउँदा तिम्रो याद आउँछ  ।

मुटुमा सजाएको थिए, परेलीमा बसाएको थिए
तस्बिर हेर्दा, आँखा फरफराउँदा तिम्रो याद आउँछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *