गजल ५४७
तिलारुपा आचार्य (अधिकारी)
ओहायो अमेरिका
अचेल दिनौँ दुखिरहन्छ यो छाती यताको
थाहा नै छैन कस्तो छ कुन्नि खबर उताको
दिलैमा राख्छु मनैले मान्छु भनेको थियौ त
सबैको सामु खोइ त हाम्रो साइनु जताको
पस्केर राखे मनका कुरा भावना शब्दमा
कोरेथ्ये पत्र खोइ त प्यारा ठेगाना बताको
चट्टक भुल्या होइन होला बाडुल्की लाग्दै छ
दिएनौ साथ पठाइ याद किन हो सताको
वेगले उडी पुग्लाऊ कता चिरेर आकाश
ठोकर लाग्ला लत्त्याइ हिँडे माया यो लताको