गजल-९३
घण्टौंसम्म तड्पीएर तिम्रै यादमा फँस्छु अचेल
थियो जीवन तिमी हुँदा एक्लै नर्क खस्छु अचेल,
हुन्न रै‘छ व्यवहारमा सोचे जस्तो कहिले पनि
बस्ने घरै चिहान भा‘छ एक्लै एक्लै बस्छु अचेल,
लगाम थाम्ने तिमी हुँदा दुनियाँ हाँक्ने शान थियो
गोमन बनी आफ्नै औकात घरिघरि डस्छु अचेल,
कस्का लागि साँचु जीवन एक्लै एक्लै बाँच्नलाई
भागी जान मृत्यु सामु कठै ! कुम्लो कस्छु अचेल,
जान्न खान्न भनि के के बाचा गर्थें तिमीसँग
खाईओरी खान कसम सोझै भट्टी पस्छु अचेल ।