गजल-९९
भक्त घिमिरे
अमेरिका
घाउ त उही पुरानै हो बल्झाउन किन आयौ
सडक् जीवन एक्लै हिँड्छु अल्झाउन किन आयौ ?
सदावहार साथ दिने वाचा तिम्रो फोस्रो थियो
बादल भई मन्को आकाश फेरि छाउन किन आयौ?
अभ्यस्त छु एक्लै बाँच्न, हृदय पनि जल्यो अब
के लिनलाई मतिर नै फेरि धाउन किन आयौ ?
लाशै बरु लैजाऊ अब बाँकी छैन दिनलाई
होइन भने पाउनु के छ, सताउन किन आयौ ?