गजल- १८६
डोना आचार्य अमेरिका
आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन
आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन
कत्रो सिके कति चाँडो आँक्नै गाह्रो पर्ने भयो
आफ्नै संस्कार-आफ्नै गाथा होच्याउने सस्तो चलन
गन्थन गर्ने ‘बुढापाका’ म पनि त ‘बुढो’ हुँदो
बुझ्न खोज्छु सक्दिन म किन भा’को यस्तो चलन
हिजो ‘आत्मा बेच्दिन म ‘ भन्थ्यौ नि हौ साइँला दाई
आज फेरि ‘ मेरो
? आत्मा??” छक्क प-यौ खस्तो
चलन ?
आफ्नै गाममा रमाएर खेल्ने मेरा मित्रहरु
अति ज्ञानी बने क्यारे! ज्ञान-गुनले डस्तो चलन
आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन
आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन

