गरिमा: ०३

कवि

लक्ष्मण रसाइली
बेलडाँगी, झापा

आमाको काख, आफ्नै छ भाखा, त्यो मिथी गीतमा
मधुर ओठ, खप्दै छ चोट, देशको हितमा | २१
बगेर हेर, शब्दको छाल, सगर भेट्दछ
पिएर हेर, लयको पानी, तिर्सना मेट्दछ | २२
गीत:………………………………………..
“हिमाली काख, मैदान पाखा, क्या राम्रो मिलेको
चाँदीका डाँडा, सुनका काँडा, छातीमा खिलेको | २३
पूर्वमा मीठो, बासना छर्छ, त्यो धुपी वनैले
उत्तर झनै, मगमगाउँछ, श्रीखण्ड वनैले |
हेर न हाम्रो त्यो धुपी वनैले
त्यो देश राम्रो, चन्दन वनैले |२४
अन्न भण्डार, यै धनसार, राखेको साँचेर
दक्षिण काख, देशको आँखा, बाँचेको हाँसेर |
हेर न हेर, राखेको साँचेर
दक्षिण काख, बाँचेको हाँसेर | २५
धनसिरी पूर्व, जल्डका पश्चिम, सागर धाएको
त्यो थलसंग, त्यो जल साटी, पिरती लाएको |
हेर न हेर ,सागर धाएको
मिली र जुली , पिरती लाएको | २६
ह्रयाभन चरी, सन्देश छरी, देशमा दुल्दछ
देशको माटो, स्वर्गको बाटो, अप्सरा भुल्दछ |
हेर न हेर, देशमा दुल्दछ
त्यो देशको माटो, अप्सरा भुल्दछ | २७
चाँदीको ताज, धर्मको राज, स्वर्ग नै झरेको
स्याउका गाला, सुनगाभा माला, सौन्दर्य भरेको
हेर न हेर, स्वर्ग नै झरेको
यो माटोमाथि, सौन्दर्य भरेको | २८
देशको माया, हिमाली छायाँ, दिलमा खोपेको
यो बीज छानी, फुलोस भनी, पुर्खाले रोपेको |
हेर न हेर, दिलमा खोपेको
फूलको बीज, पुर्खाले रोपेको | २९
यहीं नै बाँचूँ, यहीं नै नाँचू, यै देशमा रामाऊँ
सुन्तले पीत, चट्यांग झण्डा, यै हातले समाउँ |
लौ न हामी, यै देशमा रामाऊँ
यो हाम्रो झण्डा, यै हातले समाउँ |” ३०

One Reply to “गरिमा: ०३”

Leave a Reply

Your email address will not be published. Required fields are marked *