गरीब

के० सी० (सान्दाइ)
साउथ अष्ट्रेलिया एडिलेड

ठण्डी धेर बड़ेर सिर्सिर चिसो हावा चलेको थियो
बाटो घाट तथा चऊर वनमा पीठो छरे झैँ थियो।
जाम्यो हीमकडा सबै वरिपरी ऐना सरी भो जहाँ
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसम॥

खाली त्यो बद छैन बस्त्र पिठमा नाङ्गै छ घाँटी उता
भोटो छैन शरीरमा अनि ठुटे चीरा परेका खुटा।
लङ्गौटी त दुईछ अङ्गुल बरा! निर्वाङ्ग त्यो गाथमा
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

आँखाले अनि हात पाउहरुले याचक् गरे झैँ थियो
अस्थीपञ्जर रक्त रञ्जित कठै! हिम्पातमा रुन्छ त्यो।
कोही छैन कतै बुझेर दुखको भोटो दिने साथमा
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

उस्को कर्म सदैव रैछ दुखको टेकेर घूँडा अनि
हेर्दै रुन्छ उभो रवी गगनमा लाली छरिन्की भनी।
बोल्ने हिम्मत छैन रुन्छ बबुरो! मुर्दा सरी ऊ त्यहाँ
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

कत्ती धेर चिसो शिशीर छ कठै! सेतो बरफ् माझ त्यो
तेही ओड्छ कपास झैँ लुटुपुटी हाकष्ट के देखियो।
चीसो बाफ धुवाँ सरी भतभती पोल्दैछ त्यो देहमा
काँप्यो लुग्लग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

चिच्याई भयले रुदै धुरु-धुरू आधार खोज्दै थियो
इच्छा भावहरू विलीन हुनगै आधा मरेको थियो।
हे! दुर्गे!! किन आज बज्र उसका हानी दियौ शीरमा
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

उस्का सिल्प कला थिये रहरका बेँसी र खेती घर
गूमायो कि कतै! जहान उसले हे! दैव आफ्नै थर।
माग्दैथे दुखका ति नेत्र दुइले देऊ सहारा यहाँ
काँप्यो लुग्लुग त्यो गरीब बिचरा कोदिन्छ ध्यान्तेसमा॥

फाट्लीन् ती धरणी बरू पटपटी छुट्तैन उस्को पिर
कर्मैको फल होकि आज यसरी टेक्यो धरामा शिर।
थोरै दृष्टि लगाइद्यौ सुजनहो!! जस्का निमित्तै यहाँ
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

चाँडै पुण्य कमाउने मनभए यै मार्ग रोजी गर
भोली त्यो फल लागने बिजहरू खोजेर आजै छर।
आफ्नो दैनिक त्यो पुजेर गरने पूजा यही हो यहाँ
काँप्यो लुग्लुग त्यो गरीब बिचरा! कोदिन्छ ध्यान्तेसमा॥

केनै आपति होर कर्म गरदा आत्मा परात्मा चिनी
गर्नै पर्छ परोपकार जसको पैसा समेत्ले किनी।
सब्लेदृष्टि लगाउ दीन दुखिमा रोई रहेछन् जहाँ
काँप्यो लुग्लुग त्यो गरीब बिचरा कोदिन्छ ध्यानतेसमा॥

छन्द :- शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *