गीत

गीतकार

किशोर सिवाकोटी
साउथ डकोटा, अमेरिका

आज धेरै बर्षपछि गाउँ बेंसीको याद आयो
यादसँगै बिरहको आँखाभरि आँसु छायो
उकाली र ओराली, सानो घरको याद आयो
सानो घरसँगै प्यारो, बालापनको याद आयो ।

घर छोड्दा आउँला भनी वाचा गरेथें
मनको ठूलो चोटसँगै पाइला सारेथें
वाचा सबै टुटी गए, यात्रा हराई गयो
हेर्दा हेर्दै आफ्नै आँगन सबै पराइ भयो !

सयौंचोटि मारी मेटे घर फिर्ने आशमा
कति बसौं आजन्म अधकल्चो सासमा
थोरै सास बोकी तरें धेरै पहाड खोला
मनमा पीर लागी रहन्छ भोलि कस्तो होला ?
७/१०/१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *