गीत
थुत्तेनदोर्जी ड्रुक्पा,
डेनमार्क
तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ
दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ
तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ
डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ
तिम्लाई के………………………….
————————————-
तिम्रो संसार सधैँ सधैँ प्यारो लाग्छ मलाई
विवशतामा बाच्नु पर्यो भित्री मन जलाई
स्वार्थी मन जे गरे नि हुँदो रैछ पराइ
माया गर्छु भन्नेले नै छाडी दियौ मलाई
तिम्लाई के………………………….
————————————-
खुसी हुनु सधै तिमी, तिम्रो सधै जित होस्
मेरो भन्दा उसको ठुलो माया गर्ने मन होस्
अन्तिम चाह मेरो तिम्लाई तिम्रो सधैँ हित होस्
यस्तो नहोस् कहिल्यै पनि, पिरतीको जित होस्
तिम्लाई के………………………………