गीत
चरन बजगाई,
अमेरिका
मान्छे धोकालाई रक्सीमा पिउँछन् रे
मलाई त्यही पनि लागेन बाचौँ कसरी
मान्छे जीवनमा हारेर जिउँछन् रे
मेरो आत्माले मानेन मरौँ कसरी
मेरो माया र छायाको मोल नै छैन
अब बाँच्नलाई अरू आधार छैन
कसैले होलैमा यो जीवन मोल्छ भने
यसलाई आफैँ तौलिदिउँ कसरी
दविएका दु:खीको नि माया भावनै होनी
त्यसै किन झोक्रिएर होसहीन रुन्छ बरा
सृजनशील, परिश्रमी उच्चतम सर्जक हो
बाँच्ने आधार देऊ देख्छौ बाँच्छ कसरी