गीत
राकेश काफ्ले
आइओवा, अमेरिका
फुटाई देश हामीले जिते पनि हार्ने छौँ
सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ।
रंगी-बिरंगी फूलका एउटै माला गाँसेर
हिमाल पहाड तराई बसेका थ्याैं हाँसेर
छन् जातजातिका अनेक धर्म संस्कृति
अनेकतामा एकता गरी लगाउँ उन्नति
फुटाई देश हामीले जिते पनि हार्ने छौँ
सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ।
लिएर उज्यालो हातमा अधेरीमा तर्छेछाैं
ममता राष्ट्रकै हो हामीले किन बिर्सेछौं
सप्रिन्न देश साथी हो आतङ्क र बन्दले
एकतामा जुटाैं सबै नेपाली हाैं सुगन्धले
फुटाई देश हामीले जिते पनि हार्ने छौँ
सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ।