गीत
मनि शर्मा रिजाल
सियाटल, अमेरिका
सपना भयको कहिले नरसिंहको
म उभिएको धरातल नै यस्तो
पानी धमिलो हुरी चलेको
जस्तो देख्यौ उस्तै भन्यौ
मलाई ख्याल छ मेरो प्रतिबिम्बको ।
म उभिएको धरातल नै यस्तो
पानी धमिलो हुरी चलेको
जस्तो देख्यौ उस्तै भन्यौ
मलाई ख्याल छ मेरो प्रतिबिम्बको ।
तिमी चोट दिएर हाँस भन्छौ
तिमी गला थिचेर बाँच भन्छौ
म हिँडेको याम नै यस्तो
बज्र परेको आकाश झरेको
मलाई ख्याल छ मेरो प्रतिबिम्बको ।
तिमी गला थिचेर बाँच भन्छौ
म हिँडेको याम नै यस्तो
बज्र परेको आकाश झरेको
मलाई ख्याल छ मेरो प्रतिबिम्बको ।
जब मनले मलाई जान्दैन भने
कहिले आफ्नो नि मान्दैन भने
म ढलेको पलनै यस्तो
घाम डुबेको, तारा छिपेको
प्वाल पारेर मुटु झिकेको
मलाई ख्याल छ मेरो प्रतिबिम्बको ।
कहिले आफ्नो नि मान्दैन भने
म ढलेको पलनै यस्तो
घाम डुबेको, तारा छिपेको
प्वाल पारेर मुटु झिकेको
मलाई ख्याल छ मेरो प्रतिबिम्बको ।