गीत : एक्लै पार्यो परदेशीले…
ईश्वर प्रवासी
युटा, अमेरिका
माया मार्यो परदेशीले
एक्लै पार्यो परदेशीले……..
वर्षौँ बित्यो आएन खबर
विपत्तिले कहीँ पर्यो की अभर
वाचा हार्यो परदेशीले
एक्लै पार्यो परदेशीले……..
सुनाई देऊ न हिमाली छाया
पर्खी रा’छ नेपाली माया…….
बाटै बार्यो परदेशीले
एक्लै पार्यो परदेशीले…….
माया मार्यो परदेशीले
एक्लै पार्यो परदेशीले……..