गीत- मेरो मनको कुना-कुनामा…
गोविन्द लुइँटेल
ओहायो, अमेरिका
मेरो मनको कुना-कुनामा
मेरो भावको तुना-तुनामा
मेरो देश बाँची रहन्छ,
मेरो भेष नाची रहन्छ !
मलाई छैन मोह विदेशको
मेरै माटोमा मर्न सकूँ
मलाई छैन माया नवसँस्कारको
मेरै संस्कृतिमर्न सकूँ, मेरो मनको …
सानो छ तर मनमोहक छ
मेरो देशको वृत्तचित्र
नगण्य छन् अमूल्य सम्पदा
जल, थल, नभ पवित्र, मेरो मनको…