गीत: ४१
खलानको मान्छे
जिन्दगीको बाटो छुट्यो दोबाटो भेटिएन
जहाँ पुगे पनि उनको याद कहिल्यै मेटिएन
दुनियाँमा पिरतीका धेरै धेरै गाथाहरू
उनको मेरो कथा कहीं कतै लेखिएन
जिन्दगीको बाटो…
अझ पनि एउटा नामले मुटु ढुक्क फुलिदिन्छ
यादहरु बालापनका कही कतै छाडिएन
जिन्दगीको बाटो…
कागजको डुंगाजस्तो माया डुब्यो छाल नआई
भाग्यरेखाभित्र बिछोड लेख्या रै’छ मिलिएन
जिन्दगीको बाटो …
उनको तस्वीर बादलमा बनाउछु उडी जान्छ
सम्झनाको ठेस लाग्दा किन आँसु रोकिएन
जिन्दगीको बाटो..