गुँड (The Nest)
प्रतिमान सिवा
ओहायो, अमेरिका
अनुदित कविता (कवियत्री : Bozena Helena Mazur-Nowak)
जीवन्त थियो कुनै बेला त्यो गुँड
कलिला चल्लाहरूको आवाजले
मुलायम अनि गहिरो
पक्षी-दूधको सुगन्धले
आज अत्यन्तै रित्तो छ
चल्लाहरू हुर्किसके
उडिसके विशाल जङ्गली संसारमा
उनीहरूले आ-आफ्नै गुँडहरू बनाइसके
र बिर्सिदिए उनीहरूको परिवार
सेताम्मे ती एक्ली बुढीआमा
धमिलो अल्प-दृष्टिकासाथ
ढल्काउँछिन् उनको शिर किनारमा
र हेर्छिन् टाढासम्म
जमिसकेकाछन् आँशुहरु उनका आँखाहरूमा
नमिठो पिडामा छ उनको हृदय
उडानका प्रत्येक छाँयाहरुमा
आशासरि सम्झनाहरु हेर्दै ।
जीवन्त थियो त्यो गुँड कुनै बेला
रित्तो र शान्त छ आज यो
निर्जीव छन् यादहरू एक कुनामा
तिनीहरू सक्षम हुन्छन् या हुन्नन्
ती खालीपनहरूलाई भर्न