चार रुवाइहरू

 हर्क मगर
लस भेगस, अमेरिका

१
भमरालाई फुलको थुङ्गाले छेक्दैन
उर्लिदो भेललाई ढुङ्गाले छेक्दैन
खुल्ला झ्यालले बतास छेक्छ नभन
खाने मुखलाई जुङ्गाले छेक्दैन ।

२
बग्यौ दोभानमा छाडी जादैछौ
मुर्दा सपना दिलभित्र गाडी जादैछौ
तिमी अस्ताए पनि बिहानीमा पर्खुला
आखाभरी सम्झानाका कोसेली बाडी जादैछौ ।।

३
कलकल गर्ने स्वच्छ नदिको भाकामा खोज
बसन्तको स्पर्श पाएको भीर पाखामा खोज
तिम्रो त्यो रुप ऐनामा नखोजे हुन्छ
सामुन्ने आई एक पटक मेरो आखामा खोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *