जीवन

लेखक
कवि

यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया

जीवन
ऊ जिउँदो हुँदा
उसलाई ढुङ्गा हान्नेहरू
उसको लासमा
थुँगा अर्पण गरिरहेछन्
मलाई शङ्का लाग्छ
यहाँ मान्छे सकिए कि पत्थर
उसको लासमाथि फूलको वर्षा भइरहेछ
हेर्छु यताउता
बगैँचा देखिन्न
एउटा सम्म झाँग छैन फूलको
शिशिरमा धर्ती नांगिएको बेला
उसको छातीमा वसन्त
सुटुक्क आएको छ
उसको मृत्युदण्डको घोषणा गर्नेहरू
समवेदना पढिरहेछन्
लाग्छ
शब्दको वा प्लास्टिकको
एक गुच्छा फूलको लागि
मात्र हो यो जीवन

२८ अप्रिल २०१०

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *