जीवन घचुराको फूल

भानु ढुङ्गाना 
क्यानाडा
एकातिरको एक पाटो
अर्कातिरको अर्को पाटो
  अगाडीको एक पाटो
    पछाडिको अर्को पाटो
एकातिर जोगायो अर्कातिर लर्किन्छ
अर्कातिर जोगायो एकातिर फर्किन्छ
वास्तवमा जीवन त
घचुराको फूल रहेछ
काँडाले घोच्छ गुलाफ भए
हिलामा फुल्छ जीवन रहे
जीवन त केवल घचुराको फूल
फल्ने सपना बोकेर
फुल्न गएछ
तर पनि अवसर घचुराको फूल भए छ।
झमक कुमारीले सोध्थिन्
” जीवन काँडा कि फूल ? “
उत्तर खोज्दा मैले पाएँ
खुल्ला भित्रको काँडा हैन
रहेछ जीवन घचुराको फूल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *